शरीरको इम्यून सिस्टम बलियो बनाउन यसो गर्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
शरीरको इम्यून सिस्टम बलियो बनाउन यसो गर्नुहोस्

Share

इम्यून सिस्टम अर्थात् प्रतिरक्षा प्रणाली हाम्रो शरीरको डिफेन्स सिस्टम हो । जसले शरीरमा हुने विभिन्न संक्रमणबाट जोगाउने काम गर्छ । यो कमजोर हुने वितिकै शरीरलाई रोगले सजिलै आक्रमण गर्न सक्छ, जसले समस्या झन् बढ्न सक्छ । यस अवस्थामा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन निकै आवश्यक हुन्छ । जसका लागि हामीले केहि विशेष तरिका अपनाउनु जरुरी छ । व्यायाम शरीरलाई सँधै स्वस्थ राख्नका लागि कुनै पनि प्रकारको व्यायाम जीवनशैलीमा समावेश गराउनुहोस्

नियमित हिँड्ने वा दौड्ने गर्नुपर्छ ।

कुनै पनि किसिमको खेलकुद सँग सम्बन्धीत काम गर्नुपर्छ ।

योगलाई पनि आफ्नो दिनचर्यामा समावेश गराउन सक्नुहुन्छ ।

 

निद्रा:पर्याप्त मात्रामा निद्रा लिनु पर्छ । तपाईंको जीवनशैली जतिसुकै व्यस्त भएपनि निद्रासँग कुनैपनि प्रकारको सम्झौता गर्नु हुँदैन । विभिन्न अध्ययनमा देख्न सकिन्छ कि जो व्यक्ति पर्याप्त मात्रामा निद्रा लिदैन उनलाई विभिन्न रोगले पनि आक्रमण गर्ने गरेको छ । जसको कारण प्रतिरक्षा प्रणाली बलियो नहुनु हो ।

तौल: तौललाई सँधै नियन्त्रणमा राख्नुपर्छ । अत्यधिक तौल भयो भने शरीरको विभिन्न भागमा असर पुर्याउन सक्छ । जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । त्यसकारण आफ्नो तौलको ख्याल राख्नुपर्छ ।

स्मोकिंगरड्रिन्किंग स्मोकिंग र रक्सी अर्थात् अल्को हलजन्य पेय पदार्थ पिउनाले शरीरलाई एक होइन अनेक प्रकारको समस्याले सताउन सक्छ । चुरोटबाट निस्कने धूवाँले चुरोट खाने मान्छेको वरपरको मानिसलाई पनि त्यसले नोक्सान पुर्याउँछ । चुरोट र रक्सीजन्य पदार्थले मानिसको प्रतिरक्षा प्रणालीलाई प्रभावित बनाउने हुँदा यस्ता कुराबाट टाढै बस्नुपर्छ ।

डायट: ताजा फलफूल र हरियो तरकारीको सेवन आफ्नो नियमित खानपानमा समावेश गराउनुपर्छ । जंक फूड खानबाट जोगिनुपर्छ । ताजा फलका जूसले पनि तपाईंको शरीरलाई पोषक तत्व दिने हुनाले पिउने बानी बसाल्नु पर्छ । जसले तपाईंको शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउनमा मद्दत गर्छ ।

डा.अमित कर्ण

तपाईको प्रतिक्रिया