सोलुखुम्बुमा विप्लप समुहबाट प्रहरी चौकी आक्रमण प्रयास

नारीकोसिस डटकम/जेठ २०, सोलुखुम्बु । विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेका छन् ।
राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ ।
ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।
केही समयअघिदेखि छेस्काम बजारमा नौलो मान्छेहरुको गतिविधि बढेको स्थानीयको भनाई छ । ति नौलो मान्छेहरु जिल्ला बाहिरकै भएको उनीहरुको अनुमान छ । संखुवासभा जिल्लाको सीमाना नजिक र विकट भएकोले पनि चन्द नेतृत्वका नेकपाका कार्यकर्ताहरुले सेल्टरको रुपमा छेस्कामलाई प्रयोग गरेको हुनसक्ने स्थानीय नेताले बताए ।



तपाईको प्रतिक्रिया