बिदुर खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नारायण खनाल विजयी (पूर्णविवरण सहित)

नारीकोसिस डटकम/जेठ २०, नुवाकोट । बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा समर्थक नारायण बहादुर खनाल प्यानलसहित विजयी भएका छन । कांग्रेस निकटका राजेन्द्र अर्यालको समुहलाइ हराउँदै खनाल प्यानलसहित विजयी भएका हुन् ।
खनालले ७६३ मत ल्याएर विजयी भयो भने अर्यालले ६३७ मत मात्र प्राप्त गर्नुभएको छ भने स्वतन्त्रतर्फबाट उम्मेद्धवारी दिएका हरिशरण गजुरेलले ९६ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी उपाध्यक्षमा नेकपाकै संजीव बहादुर श्रेष्ठले ८५० मत प्रप्ता गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी काङ्ग्रेस समूहका रामबहादुर श्रेष्ठले ५६९ मत प्राप्त गर्नुभएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशन शनिवार सुरु भएको थियो । नयाँ कार्यसमिति निर्वाचन प्रणालीबाट चयन गरिएको हो । सो निर्वाचनको मत परिणाम सोमवार सार्वजनिक तथा विजयी घेषित गरेका हुन् ।
पूर्णविवरण




तपाईको प्रतिक्रिया