सल्लाघारी रालुकामैदान जाने मुख्य सडकखण्ड आजदेखि ढलान हुँदै

नारीकोसिस डटकम/जेठ २३, नुवाकोट । तादी गाउँपालिका वडा नम्वर २, सल्लाघारी रालुकामैदान जाने मुख्य सडकखण्ड आजदेखि ढलान कार्य सुरु भएको छ । सो सडकखण्डको दाहलथोक खहरेटारमा करिव १२० मिटरको मोटरवाटो ढलान कार्य सुरु भएको हो ।
उक्त सडक खण्ड विशेष गरी बलौटे माटो तथा उकालो भएकाले यातायात सेवा सहजता र स्थानीय जनताको सेवा सुविधालाई लक्षित गरी गाउँपालिका स्तरिय विनियोजित वजेट रु. ३० लाखको लागतमा सो ढलान कार्य अघि वढाइएको सोही वडाका वडा अध्यक्ष वच्चुराम तामाङले बताउनुभयो ।
वडा अध्यक्ष तामाङका अनुसार हप्ता–दश दिनमा सो निमार्णकार्य सम्मन्न हुनेछ । हाल सो सडकमा ढलान कार्य भइरहेकाले बाटो बन्द गरिएको र आम स्थानीय जनता तथा यातायात सेवाग्राहीलाई विकल्पको रुपमा छापथोकको वाटो प्रयोग गर्न समेत वडा अध्यक्ष तामाङले अनुरोध गर्नुभएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को प्रदेश स्तरिय, गाउँपालिका स्तरिय तथा वडा स्तरिय विभिन्न विकास निर्माणका कार्यहरु अन्तिम चरणमा पुगेको वडा अध्यक्ष तामाङको भनाई छ । तर मनसुन सुरु हुनु अगावै विकास निमार्ण कार्यले पूर्णता पाए स्थानीय जनताले पनि केही हदसम्म विकासको अनुभूति गर्न पाउने देखिन्छ ।
तपाईको प्रतिक्रिया