ग्यास लिक भएर आगलागी हुदाँ, ७ जना घाइते
नारीकोसिस डटकम/जेठ २४, वीरगञ्ज । बाराको डुमरवानामा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७ जना घाइते भएका छन् । एकै परिवारका दुई जनासहित ७ जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
आगलागीमा परी ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साइमाया वाइबा, ३२ वर्षीया सुकमाया वाइबा घाइते भएका हुन् ।
घाइते मध्ये दिलमाया, सुकमाया र ज्ञानीमायाको अवस्था गम्भीर छ । उनीहरुलाई सिमरा स्थित अल्पाइन अस्पततालमा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका १४ डुम्बरवाना चोक स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिलिण्डरबाट ग्यास लिक भएको थियो । पछि ग्यास सल्काउन जाँदा आगालागी भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया