पाल्पामा जङ्गली च्याउ खाँदा २ बालिकाको मृत्यु, ८ बिरामी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
पाल्पामा जङ्गली च्याउ खाँदा २ बालिकाको मृत्यु, ८ बिरामी

Share

नारीकोसिस डटकम/जेठ २६, पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् ।

जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।

वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया