विपना केवल झुठो लाग्छ, सत्यतथ्य गुमनाम हुँदा…..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विपना केवल झुठो लाग्छ, सत्यतथ्य गुमनाम हुँदा…..

Share

निराश छु म आज धेरै,अधुरो रहर बोकेर आए
सकिन चुम्न शिखरमा,अपुरो गन्तव्य रोकेर आए,

प्रयास पनि गरेकै हो, तर हातमा लाग्यो सुन्य मात्र
बयश्क भए उमेरले , बबुरो मन्तव्य रोपेर आए,

विपना केवल झुठो लाग्छ, सत्यतथ्य गुमनाम हुँदा
सपना साचो निदरिमा, मधुरो प्रहर मोडेर आए,

निस्पाप मन कसकोपो छ, कलियुग धुमधाम सार्हा,
मस्तिष्क पनि सुस्ताउदो, ललुलो असर घोपेर आए,

ताज मलाइ चाहिदैन, जंगली म दाउपेची कहाँ
असल वस्ती गाउँ घर, फतुरो शहर छोडेर आए ।।

सुनिता वाइवा
काभ्रे ।

तपाईको प्रतिक्रिया