मानेन आउन गाउँ छोडी शहर, बुवाको प्रेम……………

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मानेन आउन गाउँ छोडी शहर,  बुवाको प्रेम……………

Share

तागत रुखको जरा सँग रहेछ
यसको खबर चरा सँग रहेछ

कसरी बनाए खेत बारी मान्छेले
सम्पुर्ण प्रमाण गरा सँग रहेछ

नजिकिए फूल तर लुट्यो जवानी
बैमानी सर्त भँवरा सँग रहेछ

यसरी सोँचेर बसेको छ बगर
खोलाको मिलन परा सँग रहेछ

मानेन आउन गाउँ छोडी शहर
बुवाको प्रेम टहरा सँग रहेछ । ।

सुरेशमान रुम्बा तामाङ ।
बेलकोटगढी–१३,
बाराहि, नुवाकोट

तपाईको प्रतिक्रिया