खुसी रहन अरूबाट धेरै आशा नगर्नुहोस्

शायदै यस्ता कुनै व्यक्ति होला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराको आशा राखेको हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेको हुन्छ ।
आशा गर्नु एउटा स्वाभाविक गुण हो र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाको जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छौ तब यही कुरा हाम्रो दुखको कारण बन्न पुग्छ ।
जब कसैले हाम्रो अपेक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छौ र जब उसले हाम्रो अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छौ । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहोस् ।
खुसी रहने ६ कारणहरु:
१.हसाउँने कुराहरु हेर्नुस्:
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाईलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।
२.बाहिर निस्कनुस्:
तपाई गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाई बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहा केहीबेर बस्नुस् । बाहिर निस्किदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।
३.नियमित ब्यायाम गर्नुस्:
विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाईको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।
४.शरीरमा मालिस गर्नुस्:
समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाईलाई चुस्त र फुर्तिलो बनाउँछ ।
५.सुगन्धित तेलको प्रयोग गर्नुस्:
स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाईको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।
६.सकारात्मक सोच:
सकारात्मक सोच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपा खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।
तपाईको प्रतिक्रिया