डोल्पामा टेलिफोन सेवा अवरुद्ध

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
डोल्पामा टेलिफोन सेवा अवरुद्ध

Share

नारीकोसिस डटकम/जेठ २९, डोल्पा । गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो ।

सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया