सोलुखुम्बुमा ठेउलाका कारण विद्यालय बन्द

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सोलुखुम्बुमा ठेउलाका कारण विद्यालय बन्द

Share

नारीकोसिस डटकम/जेठ ३०, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मास्थित गार्मा माविका विद्यार्थीमा चिकेन फक्स ठेउलाको समस्या देखाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

सुरुमा साना बालबच्चामा देखा परेको सो समस्या अन्य विद्यार्थीमा समेत सर्न थालेपछि विद्यालय नै बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले बताए।

विद्यार्थीको शरीरभरि फोका उठ्ने, कान पाक्ने, घाटी दुख्ने, ज्वरो आउनेलगायत समस्या देखिएकाले चिकित्सककै सुझावमा सोमबारदेखि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

भाइरसका कारण संक्रमण हुने यो रोग सुरुमा साना बालबच्चामा देखा परेको र पछि श्वासप्रश्वासको माध्यमबाट ५०र६० जना विद्यार्थीमा देखा परेको प्रधानाध्यापक तामाङले बताए ।

समस्या फैलँदै गएपछि जिल्ला अस्पतालबाट चिकित्सकको टोली विद्यालयमा पुगेको थियो। समस्याको आधारमा औषधि वितरण गरेपछि चिकित्सककै सुझावमा विद्यालय बन्द गरिएको थियो । विद्यालयमा ४ सय १२ विद्यार्थी ध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया