धरान डेंगु प्रकोप क्षेत्र घोषित

नारीकोसिस डटकम/जेठ ३०, सुनसरी । स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ।
धरान क्षेत्रमा विभिन्न अभियान चलाएपनि डेंगु नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बुधबार साँझ धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो ।
डेंगु नियन्त्रणको अभियान तीव्ररूपमा चलाए पनि डेंगुका बिरामीको संख्यामा कमी नआएपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँले बताए । प्रसाईँका अनुसार प्रदेश निर्देशनालयमा यसबारेमा जानकारी गराइएका छ ।
यस्तै सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा, धरान उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि बोधार्थ दिइएको छ ।
औपचारिकरुपमा धरानलाई नै डेंगु प्रकोप क्षेत्र घोषणा गरिएपछि अब विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचार हुने र सरकारले पनि डेंगु नियन्त्रणको लागि विशेष अधिकार प्रयोग गरेर लार्भा नष्ट गर्न सक्ने प्रसाईँले जानकारी दिए।



तपाईको प्रतिक्रिया