रालुकाको चालू आर्थिक वर्षको समिक्षा तथा आगमी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी सम्पन्न

६ वर्ष पहिले

नारीकोसिस डटकम/असार १, नुवाकोट । तादी गाउँपालिका वडा नं. २ रालुकाको चालू आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित वजेटको समिक्षा तथा आगमी आर्थिक वर्ष २०७६/०७७ को योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।

शनिवार वडा कार्यलय सतारमा आयोजना गरिएको उक्त गोष्ठी वडा अध्यक्ष वच्चुराम तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

साथै सो गोष्ठिमा वडा अध्यक्ष तामाङले चालू आर्थिक वर्षमा गरिएका विकास निर्माणका कार्यविवरण प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठिमा ने.क.पा. का प्रधिनिधि प्रदिप शर्मा, रालुका मावि को प्रधानाध्यापक भोज कुमार श्रेष्ठ, रालुका युवा क्लवका अध्यक्ष सन्तोस थापा, स्वास्थ चौकी प्रमुख लक्ष्मी लगायत स्थानीय जनताको बाग्लो उपस्थिति रहेको थियो ।

सहभागी स्थानीय जनताले आगमी योजना तर्जुमाको लागि मोटरबाटो तथा सिचांईलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । साथै रालुका मैदान सम्म आउने मोटरबाटो पक्की बनाउन सुझाव तथा आग्राह गरेका छन् ।

सहभागीहरुले वडामा जति पनि भए गरेका विकास निर्माणका कार्यहरुले प्रत्यक्ष रुपमा परिवर्तनको अनुभूति दिएको बताउदै अझै केही समस्याहरुको समाधान नभएको गुनासो तथा सुझाव दिएका हुन् ।

मनसुनको समयमा मोटरवाटोका कारण खेती किसान गर्ने कृषक, व्यवसायीहरुलाई ढुवानी सेवा तथा आम स्थानीय वडावासीले सकसको लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकोले मनसुनको समयमा पनि रालुका मैदान सम्मको पक्की मोटरबाटो बनाईदिए केही राहत हुनेमा स्थानीय जनताले अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया