संस्कृत शिक्षाको उत्थानमा जोड

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
संस्कृत शिक्षाको उत्थानमा जोड

Share

नारीकोसिस असार/१, काठमाडौं । नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन् ।

भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलमा सो सहमति भएको हो।

प्राडा. हरिप्रसाद अधिकारीको नेतृत्वमा नेपाल आएको समूहलाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको तर्फबाट निर्देशक डा. काशीनाथ न्यौपाने र वाल्मीकि विद्यापीठका प्राचार्य डा. गणेशप्रसाद घिमिरेले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया