होटलमा आगलागी हुँदा करोडौँको क्षति

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
होटलमा आगलागी हुँदा करोडौँको क्षति

Share

नारीकोसिस डटकम/असार ४, धुनषा । जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ । स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।

जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डारमा पनि क्षति प¥याएको हो। प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए।

उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको हो। घटनामा मानवीय क्षति भएको छैन ।

स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया