उपत्यकाबाट विप्लव समूहका ५ नेता पक्राउ

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
उपत्यकाबाट विप्लव समूहका ५ नेता  पक्राउ

Share

नारीकोसिस डटकम/असार ५, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव समूहका ५ जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार कुलदिपलाई भक्तपुरबाट पक्राउ गरिएको हो भने अन्य काठमाडौंबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् ।

समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको थियो । त्यही क्रममा उनीहरु उपत्यका छिरेको हुनसक्ने आशंका गरिएको छ ।

अनुसन्धान अधिकृतका अनुसार अधिकांशले उपचारका लागि काठमाडौं आएको दाबी गरेका छन् । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया