गर्दनको कालोपनलाई गोरो बनाउने विधिहरु

मानिसहरु बढी अनुहारमा ध्यान दिन्छन् तर गर्दनमा खासै वास्ता गर्दैनन् । फलस्वरुप गर्दनमा कालो दाग बस्छ । अनुहारका लागि महँगा ब्रान्डेड कस्मेटिक देखि घरेलु उपचार विधि सम्म अपनाउने हामीले घाँटी वा गर्दनलाई गोरो बनाउन त्यति प्राथमिकता वा ध्यान दिदैनौ ।
यसको फलस्वरूप कुनै कार्यक्रममा जाँदा आफैं लज्जित हुनुपर्ने अवस्था सिर्जना हुन्छ किन की अनुहार सफा र चम्किलो तर घाँटी भने जत्ति पाउडर लगाए पनि कालै । यसरी घाँटी र अनुहारको कलर पुरै छुट्टिने हुँदा मानिसहरुको आँखा सुरुमै यस भागमा पर्न जान्छ ।
यसकारण घाँटी वा गर्दनलाई पनि सफा गर्नु उत्तिकै जरुरि छ। किन की फेसको चमकले मात्र मानिसलाई आकर्षक र सुन्दर देखाउँदैन । त्यस्तै आज हामी तपाईलाई यस्तो उपाय बताउन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालोपना एक महिनामै हट्छ । यस उपायको असर १० दिनदेखि नै देखिन थाल्छ । ब्यूटी एक्सपर्टका अनुसार यसलाई हटाउन तपाईले धेरै मेहनत गर्नु पर्दैन ।
तपाईले जम्मा दुई चीजको प्रयोग गरे हुन्छ ।
चाहिने सामग्री
मन्जन थोरै मात्र, एलोवेरा जेल एक चम्चा
बनाउने विधि
एक सफा कचौरामा थोरै मात्रामा मन्जन र एक चम्चा एलोवेरा जेल राख्ने । त्यसपछि यी दुई सामग्रीलाई १ मिनेट सम्म फिटेर मिसाउने । त्यसपछि पेस्ट तयार हुन्छ ।
अब एक कचौरा मन तातो पानी लिनुहोस् यसमा एक चम्चा नुन हाल्नुहोस् र मिसाउनु होस् ।
लगाउने विधि
अब एउटा सानो सफा रुमाल लिनुहोस् र यसलाई नुन पानीमा चोपेर गर्दनमा ५ मिनेटका लागि मसाज गरे जसरी लगाउनु होस्। ५ मिनेट नुन पानीले मसाज गरे पछी सफा टावेलले पुछ्नुहोस् ।
यसपछि हामीले बनाएको मन्जन र एलोवेरा जेलको पेस्टलाई हातको औंलामा थोरै थोरै मात्रामा लिएर गर्दनमा लगाउनु होस् । लगाईसकेपछी १५ मिनेटका लागि यत्तिकै छोड्नुहोस्। १५ मिनेट पछी गर्दनलाई पखाल्नुहोस् ।
यस विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस् जसले कालो गर्दनलाई छिट्टै गोरो बनाउन मद्धत गर्छ ।
तपाईको प्रतिक्रिया