पढ्ने बानीले पनि मानिसको आयु बढ्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पढ्ने बानीले पनि मानिसको आयु बढ्छ

Share

स्वस्थ जिवनशैलीले मानिसको आयु बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पढ्ने बानीले पनि मानिसको आयु बढ्छ भन्दा अचम्म लाग्न सक्छ । तर एउटा अध्ययनले पढ्ने मानिस धेरै वर्ष बाँच्ने पुष्टि गरेको छ ।

सोसियल साइन्स एन्ड मेडिसिन जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले पुस्तक पढ्ने मानिसहरु नपढ्नेभन्दा बढी बाँच्ने पत्ता लगाएको छ । अमेरिकाको एल विश्वविद्यालयका शोधकर्ताहरुले ५० वर्ष कटेका ३ हजार ६ सय ३५ सहभागीहरुलाई उनीहरुको पठन बानीबारे अध्ययन गरेका थिए । अनुसन्धानकर्ताहरुले प्रत्येकलाई १२ वर्षसम्म पछ्याए ।

अध्ययनको अवधिमा पठन गर्ने समूहका मानिसहरु बढी बाँचेको पाइएको थियो । अध्ययनले सामान्यता अस्वस्थ मानिएका व्यक्तिहरुमा समेत पठनबाट २० प्रतिशत मृत्युदर घटेको देखाएको थियो ।

यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ । उपयुक्त स्वस्थ व्यवहार र न्यून तनावले स्पष्ट रुपमा उमेर बढाउन सघाउँने अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया