बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु

Share

नारीकोसिस डटकम/असार ८, काठमाडौं । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गएराति पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना वडा न.६ कलौनीमा महेन्द्रनगरबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्यो र मोटरसाइकलमा सवार अन्दाजि २०–२५ वर्षका दुुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन् । उनीहरुको अनुहार चिन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया