घरमा आगो लगाएर श्रीमतीको हत्या

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
घरमा आगो लगाएर श्रीमतीको हत्या

Share

नारीकोसिस डटकम/असार ८, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।

गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।

घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी पनि बस्थे । उनीहरु भने सकुशल छन् ।

प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्रेको छ । परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया