घुससहित समातिएका इन्सपेक्टर विरुद्ध मुद्दा दायर

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
घुससहित समातिएका इन्सपेक्टर विरुद्ध मुद्दा दायर

Share

नारीकोसिस डटकम/असार ९, काठमाडौं । १५ हजार घुससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक इन्सपेक्टर केशव बहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको छ ।

बस्नेत नदीजन्य पदार्थ ढुवानी गर्ने सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारद्धारा पक्राउ परेका थिए ।

बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेकाले बिगो १५ हजार कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया