वर्षा लागेसँगै सरुवा रोगको संक्रमण बढ्दै

काठमाडौं । बर्षायाम सुरु भएसंगै अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, हैजा, हेपाटाइटिस, डेंगु मलेरिया जस्ता रोग वर्षायाममा प्रकोप कै रुपमा देखिने गरेको छ । अन्य समय भन्दा बर्षायाममा बर्सेनी बिरामीको संख्या बढ्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
बढ्दो तापक्रम र वर्षायाम भाइरस र ब्याक्टेरियाका लागी उपयुक्त मौसम हो । त्यसैले पनि यस्ता संक्रमणको आक्रमण बढ्ने गरेको चिकित्सकहरुको भनाइ छ । आर्थिक बर्ष २०७४–७५ मा झाडापखाला, हैजा, जन्डिस हेपाटाइटिस ए, इ, टाइफाइड र लामखुट्टेको टोकाईबाट सर्ने रोगहरु प्रकोप कै रुपमा देखियो । त्यस मध्ये झाडापखाला र हैजाबाट ३ जनाको ज्यान गएको थियो ।
गत बर्ष सप्तरीमा झाडापखाला प्रकोपकै रुपमा देखिएको थियो । १९३ जनालाई झाडापखाला लागेकोमा ३ जनामा हैजाको जीवाणु पुष्टी भएको थियो । मुगुमा मात्र ३ सय जनालाई एकैपटक मलेरिया भएको थियो । यसरी वर्षायाममा धेरै रोगहरु महामारी कै रुपमा देखिंदै आएको छ ।
वर्षायाममा रोगी बढ्नुको कारण पिउने पानी मुख्य कारक रहेको बिशेषज्ञहरु बताउछन् ।
वर्षायाममा लाग्ने रोगहरुः
–झाडापखाला
–टाइफाइड
–हैजा
–हेपाटाइटिस ‘ए’ ‘इ’
–मलेरिया÷डेंगु
–लेप्टोस्पाइरोसिस
–भाइरल इन्फेक्सन फ्लू
बच्ने उपायहरु :
सफा पानीको प्रयोग गर्ने पानी उमालेर मात्र पिउने
–घर वरपरका पानी जम्ने खाल्डाखुल्डी पुर्ने
–सफा स्वाच्छ खाना खाने
–खुल्ला भाँडोमा पानी राख्न हुँदैन
–बासी खानेकुरा नखानुहोस्
–ढलका पाइपहरु भरिएको छ कि छैन विचार गर्नुपर्छ
–सरसफाई बिशेष ध्यान दिने
वर्षायाममा धेरैलाई पानी र हावाबाट फैलने रोगहरु लाग्ने गर्छ । पिउनेपानी शुद्द नभए ६० भन्दा बढी रोग लाग्ने बिज्ञहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया