ट्राफिक प्रहरीले गृह प्रवक्ताको गाडीमा ‘ह्विल लक’

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ट्राफिक प्रहरीले गृह प्रवक्ताको गाडीमा ‘ह्विल लक’

नारीकोसिस डटकम/असार ११, काठमाडौं । अनाधिकृत रुपमा पार्किङ गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको हो ।

सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा पार्किङ गरिएको अरु सरकारी गाडीमा समेत ह्विल लक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

गृह प्रवक्ता सुवेदीले ह्वील लक गरिएको गाडी आफ्नो नभएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया