के खुर्सानीको पनि एक्स्पाईरी डेट हुन्छ ? थाहा पाउनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
के खुर्सानीको पनि एक्स्पाईरी डेट हुन्छ ? थाहा पाउनुहोस्

Share

के खुसार्नीको ‘एक्स्पाईरी डेट’ हुन्छ ? अर्थात के अन्य खानेकुरा झै सिमित मिति भित्र खुर्सानीको प्रयोग गरिसक्नुपर्ने हुन्छ ? बोटबाट टिपेपछि कहिलेसम्म खान सकिन्छ खुसार्नी ?

पिरो स्वास्थ्यको लागि हानीकारक सोच्नुहुन्छ भने तपाई  सरासर गलत हुनुहुन्छ। खुर्सानीमा पनि पौष्टिक तत्व पाइन्छ र यसले रोग प्रतिरोध क्षमता समेत बढाउँछ । (बेसारलेझै) यसले शरीरमा मेटाबोलिजम बढाएर तौल घटाउन समेत मद्धत गर्छ ।

खुर्सानीको एक्स्पाईरी डेट हन्छ ?
हो, खुसार्नी लगायत जडिबुटीहरु दुध तथा तरकारी झै छिटो बिग्रदैनन्। तर धैरै पुरानो खुसार्नी प्रयोग गर्नु उपयुक्त हुँदैन। सबैभन्दा महत्वपुर्ण कुरा त यसको पिरोपना नष्ट भइसकेको हुन्छ। धेरै पुरानो खुर्सानीको गन्ध परिवर्तन भइसकेको हुन्छ, यसको जैविक संरचना बिग्रिएको हुन्छ। जसको कारण यसमा पाइने पौष्टिक तत्वहरु नष्ट भइसकेको हुन्छ।

कहिलेसम्म प्रयोग गर्ने ?

सामान्यता एक वर्षसम्म यसको प्रयोग गर्न सकिन्छ। जति फ्रेस खुर्सानी भयो त्यति नै पिरोपना हुन्छ, जति पुरानो त्यति कम।

सुँघेर पत्ता लगाउनुस् :
सुँघ्दा कडा अनि गन्ध स्पष्ट छ भने ठिक छ। होइन, गन्ध खासै छैन, अनि यसको रंग पनि फुङ्ग उडेको छ भने सो खुर्सानी खानु उपयुक्त हुँदैन।

स्टोर गर्ने तरिका :
खुर्सानीलाई लामो समयको राख्न हावा नपस्ने भाँडोमा बन्द गर्नुस्। खुर्सानी घाममा सुकाएर भाँडोमा बन्द गरेर राख्दा अझै लामो समयसम्म सुरक्षित राख्न सकिन्छ।

फ्रिजमा नराख्नुस् :
खुर्सानीलाइ कहिल्यै फ्रिजमा नराख्नुस्। यसले यसको पिरोको गुणमा कमी ल्याउँछ, साथै फ्रिजमा भएका अन्य खानेकुराको गन्ध पनि यसले समात्छ। साथै खुर्सानी हालेर पकाएका खानेकुरा फ्रिजमा नराख्नुस्। चिसोमा खुसार्नीले गर्ने रासायनिक प्रतिक्रियाले अन्य खानेकुराको गुणस्तर बिग्रन्छ।

तपाईको प्रतिक्रिया