बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ

Share

नारीकोसिस डटकम/असार १३, डोटी । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ । सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो ।

राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया