कोरियन भाषा परीक्षा (इपिएस) मा १२ हजार ९ जना नेपाली उत्तीर्ण

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
कोरियन भाषा परीक्षा (इपिएस) मा १२ हजार ९ जना नेपाली उत्तीर्ण

Share

नारीकोसिस डटकम/असार १३, काठमाडौं । कोरियन भाषा परीक्षा इपिएसमा १२ हजार ९ जना नेपालीले नाम निकाल्न सफल भएका छन् । रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा १२ हजार नौ जना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो । परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा कृषि क्षेत्रमा कृषि क्षेत्रमा २८७६ र उद्योग क्षेत्रमा ९१४३ जना विद्यार्थी पास भएका छन् ।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।

तपाईको प्रतिक्रिया