नयाँ बानेश्वरमा बन्ने भयो आकाशे पुल

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
नयाँ बानेश्वरमा बन्ने भयो आकाशे पुल

Share

नारीकोसिस डटकम/असार १७, काठमाडौं । नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु भएको छ । पटक फरक – फरक निकायले योजना बनाउँदै स्थगित गर्दै आएको बानेश्वरको आकासे पुल अब भने बन्ने भएको छ ।

बानेश्वरमा आकाशे पुल बनाउने भनेको वर्षौं बित्यो तर, सधैं वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवन बाधक बन्दै आएको थियो ।

बानेश्वर चोकमा आकाशेपुल बनाउँदा संसद भवन र सांसदसहित विशिष्ट व्यक्तिको सुरक्षामा जटिलता थपिने सुरक्षा निकायको विश्लेषण थियो ।

तर, पैदल यात्रुको चाप बढ्दै गएपछि सडक विभागले नयाँ उपाय खोजेको छ । अब बानेश्वर चोकमै पुल नबनाएर चोकभन्दा करिब ५० मिटर तल माईतीघर बानेश्वर खण्डतर्फ आकाशेपुलको निर्माण थालिएको सडक विभागमा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

सडक विभाग अन्तरगतको काठमाडौं सडक डिभिजनले करिब ३ करोडको लागतमा यो पुल निर्माण गर्दैछ । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको हुनेछ ।

तपाईको प्रतिक्रिया