श्रीमान् श्रीमतीको सम्बन्धमा शिष्टाचार हुनु कति अनिवार्य ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
श्रीमान् श्रीमतीको सम्बन्धमा शिष्टाचार हुनु कति अनिवार्य ?

Share

श्रीमान् श्रीमती आपसमा खुलस्त हुनुपर्छ । पारदर्शी हुनुपर्छ । हामी यसै भन्छौं । कुरा सही पनि हो, दम्पतीले एकअर्कालाई छल्ने, लुकाउने गरेमा त्यहाँ शंकाको विउँ रोपिन्छ । शंकाले सम्बन्धमा फाटो ल्याउँछ ।

त्यसो भन्दैमा श्रीमान र श्रीमती बीच कुनै दुरी रहनुहुन्न, गोपनियता रहनुहुन्न भन्ने पनि होइन । कतिपय कुरा नितान्त व्यक्तिगत हुन्छन् र त्यसमा गोपनियता पनि आवश्यक हुन्छ । यसैगरी दम्पती बीच मर्यादा र केही सीमा पनि हुन्छन् ।

श्रीमान् श्रीमतीबीचको मायाँ, प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि आपसी  मायाँ, प्रेम सँगसँगै संवादमा शालीनता, सहजता र शिष्टता हुन आवश्यक छ ।

श्रीमान् श्रीमतीबीचको  मायाँ, प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि शिष्टाचार हुनु अति नै आवश्यक छ । एक आपसमा शिष्टाचार भएन भने सम्बन्धमा नकारात्मक प्रभाव पर्छ ।

श्रीमान् श्रीमतीबीच पनि शिष्टाचार जस्तो औपचारिकता आवश्यक छ भन्ने कुरा सुन्दा अथवा पढ्दा जो कोहिलाई आश्चार्य लाग्न सक्छ । तर, कतिपय श्रीमान् श्रीमती बीच मनमुटाव हुने, स – साना झगडा तथा अनावश्यक वहस हुने जस्ता समस्याहरु शिष्टाचारको अभावका कारण हुन सक्छ ।

शिष्टाचारको कमिका कारण हामी अशिष्ट भाषाको प्रयोग गछौं र अञ्जानमा एक अर्कालाई अपमानित गरिरहेका हुन्छौं । श्रीमान् श्रीमतीको सम्बन्धमा मान सम्मान र माया, प्रेम अझ प्रगाढ होस् भन्नका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

श्रीमान् श्रीमतीले सधै एक अर्काको कुरालाई ध्यान दिएर सुन्नु पर्छ । तपाईहरुले एक अर्काको कुरा राम्रोसंग ध्यान दिएर सुन्नु भएन भने तपाईले आफ्नो पार्टनरको कुराप्रति महत्व नदिएको भन्ने बुझिन्छ ।

सधै हरेक कुरामा टोलाइ रहनुले पनि विस्तारै सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ। यदि तपाईलाई पाटर्नरको कुरा चित्त बुझेको छैन भने त्यसलाई मायाले सम्झाउनु पर्छ ।

आपसी कुराकानीमा शब्दको चयन पनि महत्वपुर्ण हुन्छ । सरी, थ्यांक यू र प्लीज जस्ता शब्दको प्रयोगले केवल शिष्टाचारमात्र दर्शाउने हैन, सम्बन्ध बलियो बनाउन पनि सहयोग गर्छ ।

यदि घरमा पाहुना आएका छन् र आपसी केहि समस्या छ भने पनि पहुनाको अगाडि व्यवहारमा सहजता र प्रेम झल्काउनु पर्छ । पाहुनालाई तपाईहरुबीच केही समस्या छ भन्ने कुरा थाहा दिनु हुँदैन ।

एक अर्कालाई सहयोग गर्नु यो सम्बन्धमा अति नै आवश्यक छ । आपसी काममा जति सक्दो सहयोग गनुहोस् । यदि काममा सहयोग गर्न सक्नु हुन्न भने काम बढाउने पनि नगर्नुहोस् ।

एक अर्कासँग हाँसो ठट्टा गरे पनि कहिल्यै व्यंग्य गर्नु हुँदैन । एक अर्काको खिल्लि उडाउने र व्यंग्य गर्ने जस्ता व्यवहारले श्रीमान् श्रीमतीबीच शत्रुको जस्तो सम्बन्ध हुन सक्छ ।

एक अर्काको परिवारको बारेमा कहिल्यै होच्याउने किसिमको कुराहरु गर्नु हुँदैन । सधै एक अर्काको परिवारको सम्मान गर्नु पर्छ । यसले तपाईहरुको सम्बन्धमा पनि सम्मान अझ बढ्छ ।

रिस उठेको बेलामा सकेसम्म कुरा नगर्नुहोस् । कुरा गर्नु नै परेमा रिसलाई काबुमा राख्नुहोस् ।

सम्भव भएसम्म बहस नगर्नुहोस् अथवा बहस हुने स्थिति नै उत्पन्न हुन नदिनुहोस् । यदि बहस भइहालेमा असभ्य अथवा अशिष्ट भाषाको प्रयोग गर्नुहुँदैन । रिसमा बोलिएको कुराले भावी जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ ।

बदलाको भावना मनमा राख्नु हुँदैन । कुनै समयमा गरिएको कुरालाई मनमा बदलाको भावना स्वरुप राखिरहँदा सम्बन्धमा माया प्रेमको ठाउँ बदला र घृणाले लिन्छ ।

बिहान – बेलुका खाना खाँदा गम्भिर अथवा विवादास्पद कुरा गर्नुहुँदैन । रमाइलो र आनन्दका साथ खाना खानु पर्छ ।

एक अर्काको फोन अनावश्यक चेक गर्नुहुँदैन । फोनमा कुरा गर्दा ठूलठूलो स्वरले बोल्नु हुँदैन ।

यदि तपाईको पार्टनरको नाममा कुनै चिठ्ठी कुरियर, पार्सल अथवा कुनै गिफ्ट आएको छ भने त्यो पार्टनरलाई नै खोल्न दिनुपर्छ । तपाई आफुले खोल्दा तपाईको पार्टनरलाई मन नपर्न सक्छ ।

आफ्नो पार्टनरलाई पखाईराख्नु र भनिएको समयमा नपुग्नु पनि सम्बन्धमा नकारात्मक प्रभाव पर्ने कुरा हो ।

आपसी शेयरिङ र केयरिङको भावना पनि आवश्यक छ । एक अर्कालाई सपोर्ट गर्नु पर्छ । एक आपसमा प्रतिस्पर्धाको भावना राख्नु हुँदैन । श्रीमान् श्रीमती भनेको एक अर्काको सुख र दुःखका साथी हुन्, प्रतिद्धन्ति होइन । एक अर्काको प्रगति र कामप्रति खुशी हुनुपर्छ ।

समय – समयमा एक अर्काको प्रसंशा गरि राख्नु ,समिपमा रहनु ,आपसमा सहयोगी भावना हुनु, खुलेर एक अर्कालाई प्रेम गर्नु , आफनो सम्बन्धमा समय छुटयाउनु र  सरप्राइजहरु पनि दिइरहनु पर्छ ।

तपाईको प्रतिक्रिया