सरकारको अनुरोधः नदी किनारका बाली २८ असारभित्रै थन्काउनु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सरकारको अनुरोधः नदी किनारका बाली २८ असारभित्रै थन्काउनु

Share

नारीकोसिस डटकम/असार २१, काठमाडौं । सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ “१ हप्ता सम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउनुहुन अनुरोध छ, तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गरौं ।”

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक(दुई स्थानमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् । यस्तो अवस्था सोमबारसम्मै रहने पूर्वानुमान गरिएको छ ।

हेर्नुहोस् बाढीको पूर्वानुमानबारे जारी गरिएको सूचना 

 

 

तपाईको प्रतिक्रिया