खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि केहि टिप्स

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि केहि टिप्स

Share

१.खाना पकाउनु अघि, खाना खानु अगाडि र केटाकेटीलाई खाना खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन दिदैंन ।

२.काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र खानुपर्छ । हात पुछ्न एउटा सफा टालो राख्ने गर्नुहोस् ।

३.खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने चुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन।

४.काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन।

५.मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।

६.खाने भाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छा कोठामा पस्न नदिनुहोस्।

७.बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।

खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन् :

१.नमीठो गन्ध ।

२.खानाको रङ्ग परिवर्तन हुनु । उदाहरणका लागि काँचो मासुको रङ्ग रातोबाट खैरोमा बदलिन्छ ।

३.नराम्रो गन्धसहित माथिल्लो तहमा धेरै फोका उठ्नु, जस्तै झोल भएका पुराना बासी तरकारीहरूमा देखिन्छ ।

४.मासु तथा पकाएको खानेकुराको माथिल्लो तहमा काइ लेउ जम्नु।

खान कसरि खाने ? केहि टिप्स :
१.खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ । हामीले खानेकुरा खादाँ केही शिष्टाचार पालना गर्नुपर्छ ।

२.खाना खानुअघि प्लेट बजाउने, चम्चालाई हातमा खेलाउने जस्ता कार्य सभ्य मानिँदैन ।

३.खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन ।

४.मुखभरि खाना दलेर तथा थालमा छरेर खाना खानु असभ्यता हो ।

५.एकै चोटी ठूलो–ठूलो गाँस हाल्नु पनि सभ्य शैली मानिँदैन ।

६.हतार–हतार खाने बानी राम्रो होइन ।

७.मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन ।

तपाईको प्रतिक्रिया