छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै शिल्पाको उजुरी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै शिल्पाको उजुरी

नारीकोसिस डटकम/असार २५, काठमाडौं । चलचित्र निर्माता छविराज ओझाविरुद्ध नायिका शिल्पा पोखरेले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको  थियो ।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।

शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विबाह गरिसकेको बताएका थिए ।

तपाईको प्रतिक्रिया