काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

Share

नारीकोसिस डटकम/असार २७,काभ्रे ।  काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।

बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया