बाढी प्रभावित क्षेत्रमा सरकारी कार्यको काँग्रेसले अनुगमन गर्छ : सभापति देउवा

नारीकोसिस डटकम/असार ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक पूर्वाग्रह भन्दामाथि पीडितको सेवामा समर्पित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी सभापति देउवा सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर बाढी –पहिरो प्रभावितको सेवामा समर्पित हुनु निर्देशन दिनुभएको हो ।
‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
‘म नेपाली काँग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



तपाईको प्रतिक्रिया