घर नजिकको खोलाले बगाउँदा छोरा वेपत्ता, आमाको उद्धार

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
घर नजिकको खोलाले बगाउँदा छोरा वेपत्ता, आमाको उद्धार

Share

नारीकोसिस डटकम/असार ३१, उदयपुर । उदयपुरमा बाढीमा बगेर र पहिरोमा पुरिएर दुई जना वेपत्ता भएका छन् । एक जनालाई उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको छ ।

रौतामाई गाउँपालिकाको वडानम्बर ७ मा मुर्कुटे खोलाले बगाएर एक किशोर वेपत्ता भएका छन् । सुनिता तामाङको १३ वर्षीय छोरा आर्यन तामाङलाई घर नजिकैको खोलाले बगाएको हो ।

प्रहरीका अनुसार गएराति करिब साढे १० बजेतिर आमा(छोरा घर बाहिर निस्किएको बेला माथिबाट एक्कासी आएको बाढीले दुवैजनालाई बगाएको थियो । आमा सुनितालाई उद्धार गरिए पनि छोरालाई भेटाउन नसकिएको एसपी बीरबहादुर बुढामगरले बताए ।

सुनिता गम्भीर घाइते भएकाले उनलाई उपचार गर्न विराटनगर पठाइएको छ । उनको छोरा आर्यनको खोजीकार्य जारी राखिएको छ ।

यसैगरी रौतामाई गाउँपालिका वडानम्बर ८ मा रितबहादुर रिठ्ठामगरको घरमाथि गएराति करिब १ बजे पहिरो खस्दा उनकी ५० वर्षीया आमा रनमाया रिठ्ठामगर पुरिएकी छन् । उनको खोजी भइरहेको एसपी बुढामगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया