साउन महिनाको महत्व: हरियो, रातो, पहेंलो, चुरा–पोते किनवेचको भिड (भिडियोसहित)
नारीकोसिस डटकम /सुनिता तामाङ रमिला तामाङ /साउन १, काठमाडौं । साउन महिना सुरु भएको छ । साउन लागेपछि हिन्दु धर्मावलम्बी महिलाहरुको विशेष चलह पहल सुरु हुन्छ । गाउँशहरका मन्दिर भरिभराउ हुन्छन् । हिन्दु नारीहरुको लागि साउन महिना विशेष महिना हो । यस्तो लाग्छ कि साउन महिना भनेकै श्रृंगारको महिना हो । साउन महिना सुरु भए लगतै महिलाहरु रंगिन थाल्छन् ।
हरियो पोते, पहेंलो चुरा, हातमा मेहेन्दी र वस्त्र पनि हरियो नै देख्न पाईन्छ । खास गरी साउन महिनामा हिन्दुलम्वीहरुले भगवान शिवको पूजा आराधाना गरी व्रत वस्ने चलन छ । हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहार व्रत वसेर भगवान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा व्रत बस्ने गर्दछ । त्यसैले यो महिना धार्मिक, सांस्कृतिक, एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
यो महिनभर महिलाहरु शुद्ध शाकाहारी खाने तथा व्रत वस्ने गर्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमवार व्रत वस्ने गरेको महिलाहरु बताउछन् । साउन महिनाभरी माछामासु नखाई एक छाक खाना खाने र सोमवार शिव मन्दिर गएर पूजा गरेर मनाउने गरेको उनीहरु बताउछन् ।
हरियो, रातो, पहेलो, पोते एंव हरियो वस्त्र लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेंलोलाई पवित्रताको प्रतिको रुपमा लिईन्छ । यद्यपि साउन महिनामा हरियो, रातो, पहेंलो समिश्रण गरी लगाउने चलन स्थापित हुँदै आएको छ । अघिपछि सुनसान रहेने पसलाहरु त्यस्ता सामाग्री सजिए सँगै खरिद विक्री गर्नेहरुको भिड लागेको देखिन्छ । व्यापारीहरु पनि साउनमा हरियो पहेंलो, रातो चरापोते तथा वस्त्रको व्यापार बढ्ने बताउछन् ।
धर्मले मानिसलाई जहिले पनि पवित्र वन्न प्रेरित गर्दछ । साउन महिना प्राकृतिक रुपमै पनि हरियो महिना हो । यस्ता साकारात्मक संस्कृतिलाई जोगाउदै लैजानु पनि उत्तिकै आवश्यक छ ।



तपाईको प्रतिक्रिया