अनेरास्ववियू नेता इन्द्र भुषालले अटिजम वालवालिकालाई सहयोग गरेर जन्मदिन मनाए

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
अनेरास्ववियू नेता इन्द्र भुषालले अटिजम वालवालिकालाई सहयोग गरेर जन्मदिन मनाए

Share

नारीकोसिस डटकम/साउन ३, काठमाडौं । अनेरास्ववियू नेता इन्द्र भुषालले आफ्नो जन्मदिन अटिजम भएका वालवालिकासँग एक कार्यक्रम गरी मनाएका छन् । भुषालले विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रमा गएर अटिजम वालवालिकालाई खेलकुद् सामाग्री,शैक्षिक सामाग्री, फलफुल तथा जुस वितरण गरेर जन्मदिन मनाएका हुन् ।

उक्त वालवालिकालाई खेलकुद् सामाग्री, शैक्षिक सामाग्री तथा जुस हस्तान्तरण कार्यक्रममा बोल्दै नेता भुषालले उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि सामाजिक भावना जगाई अभाव रहेको ठाँउहरुमा सहयोग गर्न सके राम्रो हुने बताउनुभयो ।

आत्मसन्तुष्टि र सामाजिक कार्यममा आफुले जन्मदिन मनाउदा हुने खर्च अटिजम वालवालिकालाई खर्च गरेको उहाँको भनाई थियो । भुषालले धन्यवाद व्यक्त गर्दै संगठनका साथीहरुलाई पनि आगमी दिनमा उत्सब र रमाइलोको नाममा फजुल खर्च गर्न छोडी थोरै भए पनि पनि यस्ता सेवाका काम गर्न अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रममा SSDRC का अध्यक्ष सविता उप्रेतीले स्रोत साधनले भ्याएसम्म धेरै संख्यामा रहेका अटिजम वालवालिकालाई सेवा प्रदान गर्ने आफ्नो लक्ष रहेको बताउनुभयोृ । आफ्नो संस्थाको आफ्नै स्रोत नभएको र नियमित सहयोग गर्ने दाता नहुँदा पनि अटिजम समस्यामा परेका वालवालिकाको सेवा गर्न आफूले नछोडेको पनि उहाँले बताउनुभयो ।

सविता उप्रेती विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (SSDRC) का कार्यकारी संस्थापक तथा अध्यक्ष अटिजम भएका वालवालिकाहरुको सेवामा समर्पित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया