सुनको पिजडामा………

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सुनको पिजडामा………

Share

सुनको पिजडामा
सुनौली चरी
बिस्तारै ढोका खोली
बाहिर निक्ली उड्न खोजी
उड्न सकिन
सुनौलो पखेटा
फट्फटाई मात्रै रही
सुनको बोझले थिचेछ बरै
उड्ने रहर मनमै राखी

अनि फेरि फर्कि
सुनौलो पिजडा मै
आफ्ना रहर चाहना
सबै मारी
त्यही सुनौलो पिजडामा
आफ्नो संसार बसाई,
बाहिरी संसारले देख्दा त
कति चम्किलो देखिन्थो
त्यो सुनको पिजडा,
सुनौलो दरवार जस्तै

अनि कति भाग्यमानी
त्यो सुनौलो पिजडाकी
सुनौली चरी
तर कसलाई थाहा
त्यो पिजडालाई सुनौलो
बनाउन कति सुनौला पङ्ख काटी
आफु भाग्यमानी बन्न
कति भाग्यलाई पर सारी
बिचरी त्यो सुनौलो
पिजडाकीसुनौली चरी !!!

सविता वस्नेत दानी
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ

तपाईको प्रतिक्रिया