मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

Share

नारीकोसिस डटकम/साउन ५, मकावनपुर । मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

शनिबार राति गाँजा बोकेको ५–६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरी हेडक्वाटर नक्सालले जारी गरेको समाचार बुलेटीनका अनुसार जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई तस्करको समुहमाथि फायरिङ सुरु गरेको थियो । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरी कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका–९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ।

 

तपाईको प्रतिक्रिया