गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु २ बेपता २ घाइते

नारीकोसिस डटकम साउन ७, गुल्मी । गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु २ जनाको निकाल्ने क्रम भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, १० बर्षकी सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना सन्दिप वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३० वर्षिय तिलकुमारी त्रामु, १० वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।
उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
उद्धारको लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका कमाण्ड सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताउनु भयो ।
ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घामा ४ घर जोखिममा रहेका छन् । उनिहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ ।



तपाईको प्रतिक्रिया