माया एन्जेलोका प्रसिद्ध भनाइहरु

माया एन्जोलो प्रसिद्ध कवि, गायिका तथा मानव अधिकारकर्मी हुन् । अमेरिकी नागरिक एन्जेलोको जन्म सन् १९२८ अप्रिल ४ मा भएको थियो भने सन् २०१४ मे २८ मा उनी यस धर्तीबाट बिदा भएकी थिइन् ।
-हामीले पुतलीको सुन्दरताको प्रशंसा गर्छौं, तर त्यो सुन्दरताको लागि पुतलीले गरेको संघर्षलाई नजरअन्दाज गर्छौं ।
-हामी त्यति नै अज्ञानी हुन्छौं, जति हामीले चाहान्छौं ।
-सफलता भनेको तिमीले आफूलाई मन पराउनु, आफ्नो कामलाई मन पराउनु र आफ्नो काम गर्ने तरिकालाई मन पराउनु हो ।
-मलाई म आफैले मन पराउँदिन या सम्मान गर्दिन भने अरुबाट कसरी त्यसको अपेक्षा राख्न सक्छु ?
-तिमी जहिले पनि सामान्य बन्ने प्रयास गर्छौ भने तिमीले आफ्नो क्षमता थाहा पाउन सक्दैन ।
-बुद्धिवान महिला कहिल्यै पनि पिडित भएर बाँच्न चाहँदिन ।
-कसैको जीवनको बादलामा इन्द्रेणी बन्ने प्रयास गर ।
-जीवनमा हामीले थुप्रै पराजयहरुको सामना गर्नुपर्ने हुन्छ तर भित्रैदेखि आफू पराजित कहिल्यै हुनुहुदैंन ।
-कुनै पनि कुरामा ठूलो सफलता एकैपटक हासिल गर्न सकिदैंन । पहिले थोरै सफलता हासिल गर र त्यसपछि थोरै – थोरै गर्दै सफलता बढाउँदै जाउ ।
-तिमीले भनेको र तिमीले कामलाई मानिसहरुले भुल्न सक्छन् । तर, तिमीले उनीहरुलाई कस्तो अनुभव गरायौ, त्यो उनीहरुले कहिल्यै भुल्दैनन् ।
-तिमी आफैले काम नगरुन्जेल कुनै पनि कुराले काम गर्दैन ।
-सबै ठूला सफलताहरुले समय लिन्छन् । धैर्य गर ।
-यदि हामीले एक अर्कालाई माया गर्न र एक अर्काको आत्मसम्मानको कदर गर्न बिसिन्छौं भने, साँचो अर्थमा अर्थहिन जीवन बाँच्छौं ।
-म कडा मेहनतल गर्छु र त्यही अनुसार फल पाउँछ् । म मेरो जीवनप्रति खुशी छु । म मेरो जीवनलाई माया गर्छु ।
-आफू लाई कुनै कुरा मन पर्दैन भने, परिवर्तन गर । यदि त्यो कुरा परिवर्तन गर्न सक्दैनौ भने आफ्नो दृष्टिकोण परिवर्तन गर ।
-आफूलाई मैले आफैं बनाए, आफूलाई आफैलाई धेरै पढाए ।
-तिमीले आफ्नो जीवनमा घट्ने सबै घटनालाई नियन्त्रण गर्न सक्दैनौ तर ती घटनाहरुले आफ्नो अस्तित्व धरापमा पर्नबाट जोगाउन सक्छौं ।
-पचास वर्षको हुँदा मात्र मैले म को हुँ भन्ने थाहा पाएँ । त्यो समय मेरो लागि म निन्द्राबाट ब्युझिनु जस्तै थियो ।
तपाईको प्रतिक्रिया