एक्लो महसुस गरिरहनुभएको छ ? सहयोगी टिप्स

मान्छे एक्लै जन्मिन्छ । तर जन्मिसकेपछि विस्तारै अरुको साथ पाउदै गर्दा उ अरुमाथि कामले मात्र नभई भावनात्मक रुपमा पनि परनिर्भर रहन थाल्छन् । उसलाई अरुले आफूलाई स्विकारुन्, आफूलाई सहयोग गरुन्, माया गरुन्, सम्मान गरुन् भन्ने अपेक्षा हुन्छ । तर जब जीवन अगाडी बढ्दै जान्छ, ती अपेक्षा कही गएर टुक्रिएको जस्तो लाग्छ र उ आफूलाई एक्लो महसुस गर्न थाल्छ ।
तपाईले पनि आफूलाई एक्लो महसुस गरिरहनुभएको छ ? सहयोगी टिप्स
सबैभन्दा पहिले त यो स्किार्नुहोस् की, तपाई एक्लो नै हुनुहुन्छ । तपाइसँग भएका साथीहरु, नजिकका भनिएका मान्छेहरुले जतिबेला पनि तपाईको साथ छोड्न सक्छन् । जीवन भनेको निरन्तर चलिरहने यात्रा हो । यो यात्रामा कयौं मान्छे भेटिन्छन् र छुटिन्छन् ।
करियरमा साथ नपाएकोले एक्लो महसुस गरिरहन्भएको छ भने यो तपाईले आफूलाई प्रामाणित गर्ने सबैभन्दा राम्रो अवसर हो । तपाईले एक्लै गर्ने संघर्षले तपाईलाई अझ परिपक्क, आत्मनिर्भर र बलियो बनाउँछ । जब तपाई दृढ र लगनशील भएर लाग्नुहुन्छ, तब विश्वास नगरेकाहरुले पनि तपाईमाथि आशा राख्न थाल्नेछन् ।
धेरै भावनामा डुब्न थाल्नुभयो भने तपाईको जीवन नै डुब्न पनि सक्छ । त्यसैले दिमागले पनि सोच्नुहोस् । तपाईसँग टाढीएका व्यक्तिहरु तपाईको जीन्दगीको लागि रहनेछन् । जानेलाई जान दिनुहोस्, जीन्दगीमा नयाँ रहस्यहरु अझै आउन बाँकी छन् ।
आफ्नो दिमागलाई व्यस्त बनाउनुहोस् । जब आफ्नो दिमागलाई व्यस्त बनाउनुहुन्छ, तपाईको व्यक्तित्व विकास हुन थाल्छ, सकारात्मक सोच आउन थाल्छन् र डर तथा निराशाहरु घट्न थाल्छन् । पत्रपत्रिका पढ्नुहोस्, अन्य पुस्तक पढ्नुहोस, नयाँ नयाँ कुरा सिक्नुहोस्, काम गर्नुहोस्, नाच्नुहोस्, गाउनुहोस्, खाली नबस्नुहोस् ।
रुन मन लागिरहेको छ भने एक्लै चिच्याएर रुनुहोस् । फेरी, तपाईको परिवारका सदस्य, तपाईका साथी मध्येमा यस्तो कोही व्यक्ति हुन्छ, जोसँग तपाईले आफ्नो मनमा आएका कुरा राख्न सक्नुहुन्छ । उनीहरुसँग कुरा गर्नुहोस् ।
हरेक दिन नयाँ हो । भोलीको नयाँ सम्भावना बोकेर आउनेछ । आशावादी रहनुहोस् । आफूमाथि विश्वास राख्नुहोस् । भाग्यमा होइन, कर्ममा भर पर्नुहोस् ।
र यदि धेरै दिनसम्म नै आफूलाई एक्लो महसुस गर्नुभयो या कमजोर महसुस गर्नुभयो भने मनोवैज्ञानिकलाई भेटेर परामर्श लिनुहोस् ।
तपाईको प्रतिक्रिया