यी ३ कुरा जसले तपाईलाई जीवनमा असफल बनाउन सक्छन्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
यी ३ कुरा जसले तपाईलाई जीवनमा असफल बनाउन सक्छन्

Share

हाम्रो प्रगती र खुसीको बाधक हामी आफैं हौं । हाम्रो सोच, हाम्रो व्यवहार, हाम्रो बानी, हामीले लिने निर्णयले हाम्रो सफलता र खुसीमा प्रमुख भूमिका खेल्छन् ।

स्वतन्त्रता प्रतिको गलत बुझाई :
स्वतन्त्रता भनेको अझ राम्रो बन्न पाउने, अगाडी बड्न पाउने अवसर हो । स्वतन्त्रतासँगै दायित्व पनि आएको हुन्छ । तर कतिपय अवस्थामा हामीले स्वतन्त्रतालाई गलत अर्थमा लिन्छौं । स्वतन्त्रता भनेको आफूले जे मन लाग्यो त्यही गर्न पाउने अधिकार हो भन्ने सम्झिन्छौं । जब स्वतन्त्रतालाई यसरी गलत रुपमा लिन आल्छौं, हाम्रो जीवन तहस नहस हुन समय लाग्दैन ।

अरुले के सोच्लान् मानसिकता :
आवश्यक अनुशासन भन्दा पनि हामी अरुले के सोच्लान् भन्ने मानसिकताले काम गर्छौं, बोल्छौं । र, यो सोचले हाम्रो योजना, हाम्रो सपना सँगै सम्झौता गर्न समेत पछि पर्दैनौ । अरुले के सोच्लान् भन्ने कुरा दिमागमा बढी ल्याउन थालियो भने हामी आफै आफ्नो प्रगतीको बाधक बनिरहेका हुन्छौं, हामी आफ्नो खुसीको शत्रु बनिरहेका हुन्छौं ।

अरुले के गरिरहेका छन् पछ्याउने मानसिकता :
मानिसका सबैका आ – आफ्ना विशेषता हुन्छन् । हामीले अरुले के पढिरहेका छन् के गरिरहेका छन् ? कसरी गरिरहेका छन् भन्नेमा बढी समय बिताउँछौ र त्यही अनुसार नक्कल गर्न थाल्छौं । अरुको नक्कल गरेर तपाई केही पर पुग्न सक्नुहोला तर तपाईले हासिल गर्नुपर्ने जुन उचाइको सफलता हो, त्यहाँसम्म पुग्न सक्नुहुन्न । सफल व्यवसायी ज्याक माले भनेका छन् हरुको नक्कल ग¥यौं भने तिमी हराउँछौं । आफू को हूँ, आफ्नो क्षमता के छ ? आफ्नो रुची के हो, के गर्न चाहानुहुन्छ ?पत्ता लगाउनुहोस् । तपाईको क्षमता अनुसार,अरुले गरिरहेको काम नै पनि फरक तरिकाले गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया