चन्द्रपुर नगरपालिकाको वडा कार्यलयमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

नारीकोसिस डटकम/साउन १५, रौतहट । चन्द्रपुर नगरपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुरकै रेवप्रसाद मैनाली रहेका छन् ।
उनको साथवाट बम बनाउने सकेट, गोली एक थान लगायत सामग्री बरामद गरिएको एसपी भुपेन्द्र खत्रीले बताए।
गए राति वडा नम्बर ३ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको थियो भने वडाध्यक्षाको घरमा ढुंगामुढा प्रहार भएको थियो।



तपाईको प्रतिक्रिया