शरीरमा पानीको कमी हुँदा देखिने असरहरु यस्ता छन्

बैज्ञानिकहरु भन्छन्, ‘शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत ) को केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईलाई तिर्खा लाग्नुको अलावा अरुपनि थुप्रै असर शरीरमा परिरहेको हुन्छ ।
डिहाइड्रेसनका असरहरु :
१.सास गन्हाउने :
हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईले बोल्दा जब तपाईका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईलाइ महसुस हुन्छ कि तपाईले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।
२.शारीरिक क्षमतामा कमी :
शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।
३.सुख्खा छाला :
छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।
४.ड्राइभिङ क्षमतामा असर :
फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
५.थकान :
शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।
६.खराब मुड :
शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।
७.शरीर चिसो बनाउछ :
रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ ।पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
८.आँखा धमिलो हुने र तिर्मिराउने :
पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।
९.टाउको दुखाई :
चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।
१०.कब्जियत गराउछ :
आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।
तपाईको प्रतिक्रिया