बन्दीपुरमा बस दुर्घटना १९ जना घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बन्दीपुरमा बस दुर्घटना १९ जना घाइते

Share

नारीकोसिस डटकम/साउन १९, चितवन । तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया