कोलमतेश्वरधाममा लक्ष्मी हयग्रिवको मन्दिर निर्माण हुँदै (भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कोलमतेश्वरधाममा लक्ष्मी हयग्रिवको मन्दिर निर्माण हुँदै  (भिडियोसहित)

नारीकोसिस डटकम/साउन २१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ थलि सिंखडागाँउमा कोलमतेश्वर धाममा श्री लक्ष्मी हयग्रिवको मन्दिर निर्माण कार्य भईरहेको छ ।

नगरपालिकाले सात लाख,  स्थानीय सरोकालवाला तथा सहयोगीदाताहरुको सहयोगवाट जुटेको सात लाख गरी करिव १४ लाख बरावरको लागतमा  सो मन्दिर निर्माण गर्न लागिएको  हो ।

उपभोक्ता समितिका उपाध्यक्ष तथा स्थानीयवासी जयरामा सिंखडाले मन्दिर निर्माणको लागि चार आना जग्गा दान स्वरुप प्रदान गरी सहयोग गर्नुभएको छ ।

नेपालकै पहिलो मन्दिरको रुपमा मानिएको यस श्री लक्ष्मी हयग्रिवको मन्दिर निर्माणमा नगरपालिकाले सक्दो सहयोग गरेकोमा स्थानीनगरयवासी तथा मन्दिर निर्माण उपभोक्ता समिति पनि खुशी छन् ।

मन्दिर निर्माण उपभोक्ता समितिका अनसार निर्माणकार्य सुरु गरिएको करिव दई महिनाको अवधिमा मन्दिरको संचना तयार भएको थियो । अहिले करिव संचना पूरा हुन लागेको छ । काम तिव्र गतिमा अगाडि वढिरहेको निर्माण उपभोक्त समितिहरुको दावी छ । समितिका अनुसार मन्दिर निर्माणको सम्पूर्ण कार्यसम्मपन्न गरी आगामी तिहारको लक्ष्मीपूजाको दिन मन्दिर हस्तारण तथा उद्टन गर्ने योजनाका साथ निर्माणकार्यलाई अगाडि बढाईरहेको छ ।

मन्दिरलाई व्यवस्थित ढंडगले निर्माण गर्न लागेको हुँदा आगामी दिनहरुमा भक्तजनहरुलाई  पूजापाठ गर्न सहज हुनेछन् ।

नेपालको प्रसिद्ध वागमतिको संगममा रहेको कयौं तिर्थहरुमथ्ये चौलमती कोलमतिको पनि वर्णन शास्त्रमा उल्लेख गरिएको पाइन्छ । स्कन्द पुराण हिमवतखण्ड १२८ मा वर्णन भए अनुसार कोलमति घाटमा स्नान गरी कोलमतेश्वरको दर्शन गर्नाले कोटी गौ दान गरेको फल प्राप्त हुने धार्मिक विश्वास छ । साथै भाद्रा कृष्ण पञ्चमीमा स्नान गर्नाले पनि शिवको नौधाम प्राप्त हुने धार्मिक विश्वास रहेको  निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुर्वप्रसाद सिंखडाको भनाई छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीमा यस धाममा ठूलो मेला लाग्ने गर्दछ । त्यस दिन विभिन्न समुदायको भक्तजनहरुको घुईचो लग्ने गर्दछ ।

काठमाडौ जिल्लाको उत्तर पूर्वको सुन्दर शान्त वातवरण तथा प्रकृतिक रमणियठाउँमा अवस्थित यस मन्दिरलाई पर्यटकिय धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न सकेमा धार्मिक मठमन्दिरको संक्षण भएसँगै नेपालको पर्यटन व्यवसायमा टेवा नपुग्ला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया