बिरे नुनको प्रयोगले यस्ता रोगहरुबाट छुट्कारा पाइने

प्राचिन काल देखि अहिलेको युग सम्मनै मानव सभ्यतामा बिरे नुन अथवा कालो नुनलाई अति मूल्यवान मानिने गरिन्छ । आयुर्वेदका अनुसार बिरे नुनलाई खानासँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । बिरे नुनमा सल्फर, आइरनलगायतका ८० प्रकारको खनिज पदार्थहरु प्रशस्त मात्रामा पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुने गर्छ ।
बिरे नुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ । यसको सेवनले पेटलाई स्वस्थ राख्नुका साथै खाना पचाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले अरुचि, एसिडिटी, ग्यास्ट्रिक, कब्जियत, अम्लीय लगायतका अन्य पेट सम्बन्धि समस्याबाट बच्न मद्दत गर्छ । अपचका कारण केटाकेटीहरुलाई पेट दुख्दा, पेट पोल्दा वा झाडापखाला लागेमा बिरे नुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गरिन्छ ।
पाचन शक्तिलाई बढाएर शरीरको कोशिकाहरुमा पोषण पुर्याउने हुँदा यसले मोटोपन समेत घटाउने गर्छ । बिरे नुनमा उक्त रक्तचाप, कोलेस्ट्रोल, पिनास, घाँटी दुखेको तथा दम जस्तो श्वास प्रश्वाससम्बन्धी समस्याबाट बचाउने तत्व रहेको हुन्छ । बिरे नुनको प्रयोगले रगत पातलो हुने हुन्छ । रगत पातलो हुदा शरीरलाई पनि आराम मिल्दछ । यसले रक्तसंचारमा सुधार ल्याउनुका साथै रगतलाई प्रदुशित हुनबाट पनि जोगाउने गर्छ ।
यसका साथै मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी विभिन्न समस्यालाई पनि नियन्त्रण गर्नमा बिरे नुनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कालो नुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्नुका साथै हाम्रो छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गरेको हुन्छ ।
यसको सेवनले छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन नदिनुका साथै कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी अन्य रोगहरु बाट समेत बच्न सकिन्छ । बिरे नुनले शरीरमा पानीको मात्राको पुर्ति गर्नुका साथै शरीरमा उर्जा र स्फुर्ति ल्याउन मद्दत गर्छ । नियमित सेवनले रगतमा चिनीको मात्रा पुरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिदैन । बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी, कलेजो तथा किडनीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
मांसपेशी र जोर्नीको दुखाईलाई बिरे नुनको प्रयोगले आराम दिलाउछ । एउटा कपडामा १ कप कालो नुनलाई राखी त्यसलाई बाँधी पोका बनाएर यसलाई ताप्केमा राखेर थोरै तताउनुहोस् । यसलाई जोर्नी दुखेको ठाउँमा लगाउदा दुखेको ठाउँमा आराम मिल्ने गर्छ । (कोशीअनलाइन)
तपाईको प्रतिक्रिया