भोजपुरमा पनि डेंगु भेटियो

नारीकोसिस डटकम/साउन २२, भोजपुर । भोजपुरमा पनि डेंगुको सक्रमण देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको हो ।
केही समय अघिबाट बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो । परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया