तामाङ चलचित्र ‘टुहुरोला ल्हुई’ प्रदर्शन हुँदै, प्रमुख अतिथिका रुपमा उपसभामुख राधिका तामाङ सहभागी हुने

नारीकोसिस डटकम/साउन २२, काठमाडौं । काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा तामाङ चलचित्र ” टुहुरोला ल्हुई” नामक चलचित्रको प्रदर्शनी हुने भएको छ । श्री जगत स्मृति प्रतिष्ठान नेपालको आयोजनामा ‘सेवा नैं धर्म हो,सेवा गरौं पुण्य कमाऔं ‘ भन्ने मुलनाराका साथ श्रावण ३२ गते सो चलाचित्र प्रदर्शन गर्न लागिएको हो ।
उक्त कार्यक्रममा प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजकले जनाएको छ ।
आयोजक संस्थाकानुसार खुशीको घर नामक बाल आश्रमको सहयोगार्थ सो चलचित्रको विशेष प्रदर्शनी हुन लागेको हो ।
चलचित्र प्रदर्शन विहान ११ वजे सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया