मेरो स्वास्थ्य अवस्था सामान्य छ : प्रधानमन्त्री ओली

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
मेरो स्वास्थ्य अवस्था सामान्य छ : प्रधानमन्त्री ओली

Share

नारीकोसिस डटकम/साउन २७, काठमाडौं । सिंगापुरमा स्वास्थ्य जाँच गराएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

स्वदेश फर्किएपछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्य प्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकलाई पनि धन्यवाद दिएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

तपाईको प्रतिक्रिया